प्रिमियर लिगः नर्विच सिटीमाथि साउथाम्टनको महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा साउथाम्टनले नर्विच सिटीमाथि महत्वपूर्ण जित हात पारेको छ ।

लिगमा महत्वपूर्ण तीन अंक हात पार्दै एक स्थान सुधार गर्ने क्रममा साउथाम्टनले २–० को जित हात पारेको हो ।

खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको साउथाम्टनले दोस्रो हाफको ८८ औं मिनेटमा अर्को गोल थपेको थियो ।

यससँदै लिगमा उसले २६ खेलबाट ३५ अंक जोडेको छ । साउथाम्टन लिगको नवौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार