नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

टी-२० विश्वकप छनोका लागि ओमान गएका नेपाली टोली स्वेदश फर्किएको छ । अष्ट्रेलियामा हुने विश्वकप छनोटमा नपरे पनि तेस्रो स्थान हासिल गर्दै नेपाली टोली स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा त्यहीँ रोकिएको हो ।

सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि युएईले जितेको थियो ।

शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार