एमाले–काँग्रेस सहकार्यको प्रयास भइरहेका बेला भीम रावलले लगाए यस्तो आरोप

नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको आराेप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको आराेप लगाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी र संसदको अबरोध हटाउनेबारे निरन्तर छलफल भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने समेत बताएका छन् । ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं !’ रावलले लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार