प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा

एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् ।

संसद्‍बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

संसद्‍ बैठकबाट एमसीसी पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्‍बाट पास गर्नुपर्ने भन्दै पहल गर्दै आएका छन् । यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् ।

यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार