त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारी पक्राउ परेका छन्। सुन ओसारपसारमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनी अध्यागमन कार्यालयका स्टोर किपर हुन्।
विदेशबाट फर्किएका आफन्तको सामान बोकेका बेला ती कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विदेशबाट फर्किएका आफन्त घिमिरेको झोला बोकेका थिए जसमा ११ सय ६५ ग्राम सुन फेला परेको छ ।

सुन ओसारपसारमा अध्यागमनका ती कर्मचारीको समेत हात रहेको भन्दै सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार