रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

रिद्धिसिद्धि सिमेन्टकम सञ्चालक राजेश खरेलको निधन भएको छ । खरेलको गत फागुन ५ गते ४५ बर्षको उमेरमा निधन भएको हो ।

खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका थिए ।

दीर्घकालीन सोच बोकेका सफल युवा उद्यमी तथा रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै क्षति पुगेको कम्पनीले बताएको छ ।

विसं २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धिसिद्धि सिमेन्ट, शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो ।

सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शीता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ ।

यही भिजनलाई आत्मसात् गर्दै दृढताका साथ अघि बढिरहेका उनको अभाव कम्पनीका लागि मात्र नभई समग्र सिमेन्ट उद्योगले नै महसुस गरिरहने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार