युक्रेनी सेनाद्वारा सबै उमेरका मानिसलाई भर्ती हुन आग्रह

युक्रेनको रक्षा मन्त्रालयले सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः आग्रह गरेको छ। उमेरको वास्ता नगरी सेनामा भर्ती हुन मन्त्रालयले आग्रह गरेको हो । “आज युक्रेनलाई सबै थोक चाहिएको छ। सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ।” मन्त्रालयले ट्विटरमा ट्विट गर्दै भनेको छ “आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन।” बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ ।

यस्तै शुक्रबार रुसी सैनिकहरू युक्रेनको राजधानी किभमा पुगेका छन् । युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ ।

हाल किभएको बाहिरी क्षेत्रमा रुस र युक्रेनका सेनाबीच भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन हेराशचेन्कोले आजको लडाइँ सबैभन्दा कठिन हुने बताएका छन् । यता अमेरिकी खुफिया एजेन्सीले किएभलाई घेराबन्दी गरी १० हजार विशेष फौज उतारेर हमला गर्ने रुसको योजना रहेको बताएको छ ।   – बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार