काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठकमा चर्काचर्की भएको छ । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुबीच चर्काचर्की भएको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका छन् भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका छन् । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ । बैठकको एजेण्डा एमसीसी, स्थानीय तहको चुनाव, पार्टी समायोजन, कार्यविभाजन लगायतको रहेको छ ।