प्रधानमन्त्री देउवालाई माधव नेपालको सुझाव : ‘ओलीसँग अनैतिक सम्झौता नगर्नुस्’

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्ने नाममा एमालेसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । शुक्रबार भएको छलफलमा नेपालले देउवालाई उक्त सुझाव दिएका हुन् ।

छलफलपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख १४ जना सांसद र सभामुखलाई बर्खास्त गर्ने सर्त राख्नु दुःखद भएको बताए ।

उनले भने, ‘मैले सूचना पाएसम्म विरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोशिस भइरहेको छ । त्यो पनि सर्त राखेर मात्रै । त्यो पनि कुनै सर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता सर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार