थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ६२८ जनाको परीक्षण गर्दा २७५ जना संक्रमित पहिचान भएका हुन्।

यस्तै, ५५५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार २८० पुगेको छ। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार