बिजुली बस खरिदको जिम्मा पुनः साझालाई

काठमाडौं । बिजुली बस खरिदको जिम्मा पुनः साझा यातायातले नै पाएको छ । सरकारकाले ३०० वटा बिजुली बस खरिदको जिम्मा पुन साझा यातायात प्रा.लि (साझा सहकारी)लाई दिएको हो । साझाले यस अघि पनि बिजुली बस तथा सञ्चानलनको जिम्मा पाएको थियो । पछि सरकारले उक्त जिम्मेवारी खोसेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ वैशाखमा बिजुली बस खरिद प्रक्रिया अघि बढाउन भन्दै साझालाई पत्र काटेको थियो । सरकारबाट स्वीकृति पाएलगत्तै साझाले बिजुली बस खरिद प्रक्रिया अघि बढाइएको साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार