काँग्रेस धनुषाको जिल्ला अधिवेशन २३ गते

काठमाडौं । नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेशलगायत विभिन्न १६ जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ ।

पछिल्लो पटक फागुन १५ मा हुने भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको छ । तर केन्द्रीय समितिले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न प्राविधिक समस्या रहेकाले जिल्लाको बैठक बसेर मिति निर्धारण गरिएको सभापति महेशशंकर गिरीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार