एमाले पार्टी कार्यालयबाट बालिका खड्का पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो । कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि बालिकाले मुख्यमन्त्री राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन् ।

Loading...