जसपाको केन्द्रीय कार्यकारणी समिति बैठक सुरू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ।ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।

बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै छुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको छ । जसपाका नेताले पार्टीको एकता कायम रहने या नरहने कुरा यादवमै निर्भर रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार