रुसी सैनिकहरू युक्रेनको राजधानी पुगे, किभमा गोली हानाहान

रुसी सैनिकहरू युक्रेनको राजधानी किभमा पुगेका छन् । युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा शत्रु ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ। युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ । एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ । तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ । युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ ।

रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किभमा गोली हानाहानका आवाज सुनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अनुसन्धनात्मक पत्रकारिता गर्ने बेलिङ्क्याट वेबसाइटका कार्यकारी निर्देशक क्रिस्टो ग्रोजेभले गोली हानाहानको आवाज सुनिने भिडियो फुटेज सामजिक संजालमा पोस्ट गरेका छन् ।

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ । भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार