नेकपा एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।  दल दर्ताका लागि  महासचिव शङ्कर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरूबिचमा आधारभूत सहमति हुनुपर्ने बताएका छन् ।

उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए । पोखरेलले अहिले सरकार परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको भन्दै लोकतन्त्रलाई सही बाटोमा हिँडाउनका लागि एमाले प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ । अहिलेसम्म ४० वटा दल दर्ताका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुन दल दर्ता गर्नुपर्ने उनको भनाई छ ।

आयोगले स्थानीय तह निर्वाचनको तयारी पनि तीव्र रूपमा भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार