इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

काठमाडौं । इन्डोनेसियामा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार