विश्व बैंकबाट थप १२४ करोड रुपैयाँ ऋण लिने सम्झौता

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिन सम्झौता गरेको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्नका लागि उक्त ऋण लिन लागिएको हो ।

शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।नेपालले १२ वर्षभन्दा माथिका व्यक्तिलाई कोभिडविरुद्ध सुरुवाती साथै बुस्टर मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको मरासिनीले दाबी गरे ।

सम्बन्धित समाचार