खुमलटार बैठक : एमसीसी पारित नगर्ने, गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने

नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको छ।शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले संशोधन नगरी एमसिसी पारित गर्न नसकिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने पनि निर्णय गरेको छ। एमसिसीको विपक्षमा लाग्दा सरकारबाट बाहिरिन परे त्यसका लागि समेत तयार रहेको उनले बताए ।

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डलाई एक नेतालाई बालुवाटार पठाउन लागेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार