प्रचण्डसँगको फोन वार्तापछि माधव नेपाल कैलालीबाट काठमाडौं फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका छन् । राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका उनी पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किएका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि माधन नेपाललाई प्रचण्डले फोन गरेका थिए । फोनवार्ता लगत्तै अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका हुन् ।

नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए । काँग्रेसले गठबन्धनको औचित्य सकिएको जनाइसकेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने की नगर्ने भन्ने विषयमा विवाद हुँदा गठबन्धन फुटको संघारमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार