एमसीसीविरुद्धको आन्दोलनका गम्भीर घाइतेको पहिचान खुल्यो

बिहीबार दिउँसो एमसीसीविरुद्धको आन्दोलनका क्रममा बानेश्वरमा गम्भीर घाइते आन्दोलनकारीको पहिचान खुलेको छ ।

बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा भएको झडपमा उनी घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते भएपछि तत्कालै एभरेस्ट अस्पताल पुर्‍याइए पनि त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो पठाइएको थियो ।

घाइते हेमराज अवस्थी डडेलधुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । अवस्थी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालयको अध्यक्ष पनि हुन् ।  टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी बासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका अनुसार उनको अहिले अप्रेसनको तयारी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार