एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार प्रवेश गरेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् ।
यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार गएका हुन् ।
उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् । कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् ।