५६२ जना कोरोनामुक्त हुँदा ३१८ संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घन्टामा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराएका ७७ सय ४३ नमूनामध्ये ३१८ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार ५५ सय ०८ नमूनाको पीसीआर र २२ सय ३५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। यस्तै बिहीबार ५६२ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९७.८ प्रतिशत हो। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ लाख १५ हजार ४०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार