रुकुममा टिपर दुर्घटना, २ जनाको ज्यान गयो

काठमाडौं । पूर्वी रुकुममा टिपल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे– ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताए । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार