जापान, अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

सरकारले आजदेखि पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ ।

जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरिनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो ।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार