पहिले नेकपा र अहिले एमालेको एकता कायम गर्न भुमिका खेल्ने बामदेव गौतमको भनाई (भिडियो)

नेकपा एमालेका नेता वामदेव गौतमले एमाले एकताका लागि पहल गर्ने दोहराएका छन् । शुक्रबार ललितपुरमा आयोजित आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले नेकपामा विवाद हुँदा पनि आफु एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।

ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमले आरोप लगाएका छन् । ओली र प्रचण्ड दुवैको आलोचना गर्दै गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको जिकिर गरे । गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जानुपर्ने बताएका छन् । त्यस्तै उनले पार्टीभित्रको विवादको असर पार्टी निकट संगठनहरुमा पर्नु दुखद भएको धारणा पनि राखेका छन् ।

अखिल नेपाल किसान महासंघको भेलामा माधव पक्ष निकट सदस्यहरुको पनि सहभागीता थियो । गौतम किसान महासंघको अध्यक्ष हन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार