बानेश्वर तनावग्रस्त : प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन गरिएको छ । विरोध चर्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्‍यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।उनीहरूले बिहीबार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने बताएका छन् ।
सरकारको आग्रहमा संसद बैठक स्थगित

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार