पलले नै घात गरेपछि अब हामी पनि बोल्छौँ : दुर्गेश थापा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि उनको खोजी सुरू गरिएको छ । प्रहरीले खोजिरहेका शाहले आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।

उनले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् । ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले षड्यन्त्र गर्ने पलको दाबी छ ।

यस विषयमा कलाकार दुर्गेश थापाले साथीको समस्या हल गर्ने प्रयास गर्दा आफूलाई फसाउन खोजेको बताएका छन् । नाबालिका गायीकाले नै पटक–पटक पलले सम्बन्ध राखेको भनेकाले आफूलाई बिचमा ल्याउनुको औचित्य नभएको थापाको भनाइ छ ।

‘नाबालिकाले नै उसँले सम्बन्ध राखेको बताएकी छिन । यसमा हामीलाई बीचमा ल्याउनु नै आवश्यक छैन । हामीले त समस्या हल गर्न लागि परेका थियौं ।’ उनले भने ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

उनले ती गायीका पल प्रति असाध्यै क्रेजी भएको बताए । विवाह बाहेकका प्रस्ताव गायीकाले अस्वीकार गरेको थापाले जानकारी दिइन ।
पलले सार्वजनिक गरेको उक्त अडियो बारे थापाले भने ‘भोलि ठूलो टेन्सन नहोस् भनेर हामी कुरो मिलाउन लागि परेका थियौं । दुई वर्षपछि विवाह गर्ने समझदारीमा पहिले नै कुरा मिलेको थियो । अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। पलकोको नै गल्ती छ ’ उनले भने ‘पलले मेरो पनि दिदिबहिनी छ, भने अगाडी बढ्नु पर्यो नि, उसले कुरा बाहिर ल्यायो । उसले नै सार्वजनिक गरेपछि अब हामी पनि बोल्छौँ। ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार