पल शाह फरार छन्, फेला पर्ने बित्तिकै पक्राउ गर्छौं : प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह)को खोजी सुरु गरेको छ । तनहुँमा बुधबार १७ वर्षीया गायिकाका परिवारले कलाकार शाहविरुद्ध बलात्कारको जाहेरी दिएका थिए । जाहेरीपछि खोजी कार्य सुरु गरिएको र घटना अनुसन्धानकै प्रक्रियामा रहेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।

‘उजुरी आएपछि हामीले अनुसन्धान थालेका छौं । पक्राउ पनि अनुसन्धानकै पाटो हो, सँगसँगै जान्छ।’ खड्काले टिभी अन्नपूर्णसँग भने, ‘पल शाहको खोजतलास सुरू गरिसकेका छौं,अहिले सम्म फेला परेका छैेनन् । फेला पर्नेबित्तिकै पक्राउ गर्छौं। तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिन्छौँ ।’

शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ। काठमाडौँ प्रहरीले पलशाहकालाई खोजी गरिरहेको बताइएको छ ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार