बालुवाटारमा देउवा-प्रचण्डबिच वार्ता जारी

अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौतामा छलफल गर्न संसद बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रचण्ड उवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो। तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।

संसदमा टेबल भएको एमसिसी सम्झौताका विपक्षमा उभिने माओवादीले निर्णय गरेको छ।

सत्ता गठबन्धनबाट एमसिसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी (नेकपा एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार