संसद्‍मा एमसीसी : बानेश्वरमा कडा सुरक्षा, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । आज बिहीबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी परियोजनामाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् । गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए ।

आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ । संसदभवन काँडेतारले घेरीएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार