बराबरीमै राेकिए एट्लेटिको र युनाइटेड

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । एट्लेटिकोको मैदानमा गएराति भएको पहिलो लेगमा घरेलु टोली र म्यानचेस्टरले १–१ गोलको बराबरी खेलेको हो ।

खेलको सातौँ मिनेटमा जोआलो फेलिक्सको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो तर, ८०औं मिनेटमा युनाइटेडका सब्सिच्युट विंगर एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले क्वाटरफाइनल पुग्ने सम्भावना जीवित राखेका छन् ।

तर, दोस्रो लेगमा यही नतिजा कायम रहे युनाइटेड अवे गोलको आधारमा क्वाटरफाइनलमा प्रवेश गर्नेछ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार