पलविरुद्ध उजुरीपछि पीडितले गरिन मेडिकल चेकअप

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गरेकी छन् ।

गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी गायिकाले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप गायिकाले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी गायिकाले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार