पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानमा भएको बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको क्वेटा शहरको एक होटलमा भएको विस्फोटमा परेर १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानका लागि चिनियाँ राजदूत नङ रङ रहेको होटलको कार पार्किङ क्षेत्रमा आक्रमण हुँदा विस्फोट भएको बताइएको छ । तर राजदूत नङ रङ अफागानिस्तानको सीम नजिकैको बलूचिस्तन प्रान्तको भ्रमणमा रहेको गृह मन्त्रालयले जनाएको छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो ।

विष्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।

लामो समयदेखि पाकिस्तानमा सशस्त्र आन्दोलन गरिरहेका विद्रोहीहरुले चीनको लगानीमा सञ्चालित आयोजनाहरुको विरोध गर्दै आएका छन् । राजदूत रङ सोही आयोजनाहरुको निरीक्षणका लागि क्वेटा शहरको भ्रमणमा गएको अधिकारीहरुले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार