एकीकृत समाजवादीले शुक्रबार एमसीसीबारे खुला बहस गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गरेको छ । एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको जानकारी दिएका छन् ।

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ ।कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ । तर, सो पार्टीभित्र एमसीसीको बारेमा फरक फरक धारणा रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार