म्याग्दीमा रूखबाट खसेर एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार