अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो (भिडियोसहित)

दुगड भन्छन्- वार्ता सकारात्मक

लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

ओली र नेपालबीच काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उनीहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको हो । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए । यद्धपी बैठकपछि ओली र प्रचण्डले कुनै प्रतिक्रिया दिएनन् । नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।

गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात ओली र नेपालबीच संवाद हुन सकेको थिएन । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्रदेखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार