अस्ट्रेलिया भनेपछि विद्यार्थीले मरिहत्ते गर्नुको कारण यस्तो रहेछ(भिडियोसहित)

तुल्सी अर्याल, टिभी अन्नपूर्ण ।

शैक्षिक क्षेत्रमा देखिएका अस्थिरता र समस्याले गर्दा हजारौंको संख्यामा विद्यार्थीहरु विदेशी विश्वविद्यालय तर्फ आकर्षित हुँदै आएका छन् । नेपालको शिक्षा प्रणालीमा समय र आवश्यकता अनुसार परिवर्तन हुनसकेको छैन । पढ्ने वातावरणमा अस्थिरता, नतिजा प्रकाशनमा ढिलाइ भएर तीन चार वर्षमा पनि कोर्स पूरा नहुने समस्या पनि अझै घटिसकेको छैन । यस्ता कारणले पनि नेपाली विद्यार्थी विदेशका विश्व विद्यालयतिर आकर्षित भएका हुन् ।त्यतिमात्र होइन, स्वदेशमा अध्ययन गरिसकेपछि उचित रोजगारीको अवसर मिल्दैन । त्यसैले अभिभावकहरू आफ्ना छोराछोरीको भविष्यका लागि जतिसुकै खर्च गरेर पनि विदेश अध्ययन गर्न पठाउन चाहन्छन् । तर पछिल्लो केही वर्षदेखि अस्ट्रेलिया जानु भनेको विद्यार्थीको रहर अनि साथी भाइलाई पछ्याउने लहर सामाजिक र पारिवारिक संस्कार जस्तै बनेको छ ।


अस्टे«लियाका दुई तीनपक्षहरु एकदमै राम्रा छन् ।त्यहाँको प्राविधिक शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् । अध्ययन सकिएपछि विद्यार्थीले पीएसडब्लु (पोस्ट स्टडी वर्क) पाउँछन् । जसमा उनीहरुले पढाइपछि दुई तीनवर्ष कामगर्न पाउँछन् । सो समय उनीहरुले आफ्नो सम्पूर्ण लागत सजिलै असुल गर्ने अवसर पाउँछन् । सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर पाउँछन् ।.गतवर्ष मात्रै ४ हजार १ सय ३ नेपालीले पिआर (परमानेन्ट रेसिडेन्सी) पाउन सफल भएका थिए ।
अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्थीले प्राप्त गर्ने अवसरहरु विद्यार्थीले त्यहाँको नीति नियम अनुसार अध्ययन पूरा गरिसकेपछि धेरैै अवसर प्राप्त गर्दछन्। पढाइको समय अवधिभर विद्यार्थीलाई ब्यवस्थापनमा केही कठिनाइ त हुन्छ । तर, त्यहाँको सरकारले विद्यार्थीलाई सहजता प्रदान गर्न अध्ययनसँगै पार्ट टाइम जब गर्नका निमित्त समयको ब्यवस्थापन गरिदिएको छ । जुन अवसरबाट विद्यार्थीहरुले पकेट खर्च जुटाउन सक्छन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाईको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्राअवसर पाइन्छन् ।जसले विद्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ । पढाइसँगै आम्दानी पनि गर्न सकिने भएपछि अष्ट्रेलिया जानका लागि विद्यार्थीहरुमा आकर्षण देखिन्छ । .

अस्ट्रेलियामा अध्ययन गर्दा लाग्ने शुुल्क

अस्ट्रेलियामा जुनै तह र विषयमा अध्ययन गरे पनि त्यहाँको डिग्रीको विश्व बजारमा मान्यता छ । प्लस टुप पश्चात डाइरेक्ट व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविद्यालय हेरी ४०–६० हजार डलरको हारा हारीमा कोर्स पूरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलर पढ्न जाँदा लगभग १५ देखि २५ हजार डलरको हारा हारीमा लाग्छ ।भोकेशनल कोर्षमा जाँदा लागत निक्कै कम हुन्छ । र, भोलि अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई पर्ने आर्थिक भार पनि कम हुन जान्छ ।
के अस्ट्रेलिया विद्यार्थीहरुको लागि साच्चिकै चूनौतीपूर्ण छ?

हामीले टेलिभिजनका रंगिन पर्दा र सिनेमामा हेरे जस्तो रंगिन जीवन विदेशमा कदापी हुँदैन ।यदि मेहनत गर्ने विद्यार्थी छ, आफ्नो भविष्यप्रति, कामप्रति, आफूले लिएको लक्ष्य प्रति इमान्दार छ र उसमा विषयवस्तुको भोक, प्यास छ भने पक्कै पनि सम्भव हुन्छ । सफलता प्राप्त गर्न विद्यार्थीले धेरै मेहनत गर्नुपर्छ, काम भन्दापनि अध्ययनलाई प्राथमिकता दिए उसले राम्रा अवसरहरु प्राप्त गर्न सक्दछ । गलत कार्यतिर लाग्ने, कुलतमा रमाउने, त्यहाँको नीति नियम उल्लङ्घन गर्ने जस्ता असभ्य गतिविधि गर्ने हो भने उसको जीवन नै नष्ट हुन बेर लाग्दैन । नेपालमा परिवारसँग कुनै कामनगरी बसेको विद्यार्थीलाई त्यहाँ पढाई र कामलाई एकै पटक ब्यवस्थापन गर्नुपर्दा केही समस्या हुन्छ ।

यस्ता समस्याहरुसँग जुध्न विद्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहन सहन, त्यहाँको नियम कानुन लगायत ब्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गर्न आवश्यक छ ।किन की यसबाटै आफैं धैरै कुरा बुझ्न सकिन्छ । कन्सलटेन्सीहरुले गर्ने बढाच ढाइबाट बच्न पनि आफैं इन्टरनेटमा धेरै विषयबारे अध्ययनमा लाग्नु राम्रो हुन्छ । साथै, शैक्षिक परामर्श दाताबाट समेत कलेज र विश्वविद्यालयको जानकारी लिनु पर्दछ ।

नेपालर अस्ट्रेलियाको शिक्षा प्रणालीबीचको भिन्नता

हामीले विद्यालय र कलेजमा ‘सुगा रटाई’ तरिकाले पढ्यौं । अझ हाम्रा बुबाहजुरबुबाहरुले त ‘टुप्पी’ बाँधेर पढ्नुपर्छ भनेर ‘घोकन्ते’ शिक्षा मै फोकस गर्नुभयो । फल स्वरुप हामीले मास्टर डिग्री हासिल गरिरहँदा ‘शिक्षित बेरोजगार’ नागरिक उत्पादन गर्नु बाहेक केही गर्न सकेका छैनौ। अस्ट्रेलियाको शिक्षा नेपालको भन्दा ठिक उल्टो छ, विद्यार्थीले पाठ्यक्रमलाई रातभर ‘रट्नु’ पर्दैन । विषयगत कुरालाई छामेर, हेरेर, अनुभव गरेर सिक्न पाइन्छ । अझ स्पष्ट भाषामाभन्नुपर्दा अस्ट्रेलियाको शिक्षामाप्रयोगात्मक बढी थ्यौरिकलकम हुन्छ । यस्तो शिक्षाले नै विद्यार्थीलाई आत्म निर्भर बनाउने हो । विद्यार्थीको हातमा सीप छ भने, उसले जुनसुकै ठाउँमा गरेर खान सक्छ । यसकारण अस्ट्रेलियामा विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक ज्ञानमा फोकस गरिन्छ ।

विद्यार्थीहरुमा डिप्रेसन हुने, आत्म हत्यागर्नुको कारण के हो ?

नेपाली विद्यार्थीहरू यहाँ अध्ययन गर्दा घर परिवारसँग रहेर नै अध्ययन गरेका हुन्छन् । कुनै काम गरेका हुँदैनन् । अस्ट्रेलिया गईसकेपछि सुरुमा उसलाई ‘होमसिक’ नै हुन्छ । नयाँ वातावरणमा एक्लै बस्नुपर्ने, बिहानदेखि बेलुकासम्म कलेज र कामको व्यस्त जीवन शैलीका कारण विद्यार्थीमा एकै पटक मानसिक तथा शारीरिक दबाब बढ्छ । नेपालमा घरमा चिया समेत नपकाएहरुलाई त्यहाँ पढ्नेसँगै होटल रेष्टुरेन्टमा, स्टोरमा, ग्याँस स्टेसनमा काम गर्नुपर्दा मानसिक र शारिरिक दबाब एकैपटक पर्छ ।
कतिपय अभिभावकमा छोराछोरीलाई अस्ट्रेलिया पठाउन पाएलाखौँ कमाउन सक्छ भन्ने सोच हुन्छ । उहाँहरूले लाखौँ रुपैयाँचर्को ब्याजमा ऋण काढेरै भएपनि बाहिर पठाउनुहुन्छ । त्यहाँ त जाने बित्तिकै ‘सुन नै फल्छ’ जस्तो ठान्नु हुन्छ । तर, वास्तविकता त्यस्तो हुँदैन । अनि विद्यार्थीलाई पढाइको,कामको, घरमा बाबुआमाले लिएको ऋणको तेहोरो मानसिक दबाब पर्न जान्छ । यस्तो अवस्थामा विद्यार्थीलाई सहीगाईडेन्स नभईदिँदा उनीहरू डिप्रेसनमा जाने र अन्तिम अवस्थामा आत्महत्या सम्ममा पुग्ने हुन् । तर, पछिल्ला समय यस्ता केसहरु बिरलै आएका छन् ।

 

जेहेन्दा विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ती

 

Related posts

Leave a Comment