हृदेयेश त्रिपाठीसहितका नेता नेकपामा प्रवेश

प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । बिहीवार उनलाई नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । उनीसँगै बृजेश गुप्ता सहितका व्यक्ति पनि नेकपा प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए। प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए। पार्टीमा प्रवेश गर्नेहरुलाई दाहालले अविर र ओलीले खादा लगाएर स्वागत गरेका छन्। गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका हुन्। त्रिपाठी सहित बृजेश गुप्ता पनि नेकपामा प्रवेश गरेका छन् । राजपाका तत्कालिन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए।

Related posts

Leave a Comment