करै करको सरकारः इन्धनमा मात्रै आधा दर्जन

सरकारले करको दायरा फराकिलो पार्दै लगेको छ भने विभिन्न क्षेत्रमा कर वुद्दी गरेको छ । देश संघीय संरचनामा गए लगत्तै आर्थिक भार पनि बढ्यो यहि अनुरुप सरकारले कर बढाएको छ । विभिन्न विलासिताका वस्तुमा मात्रै कर बढाएको बताउने सरकारले इन्धनमा जनतामाथि चर्को कर लगाइएको छ । नेपालले गत आर्थिक वर्षमा १ खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ आयात गरेर ५५ अर्ब कर संकलन गरेको छ । नेपाल आयल निगमले आव २०७४/७५ मा अघिल्लो वर्षभन्दा ५ अर्ब बढी कर तिरेको जनाएको छ ।
आयल निगमले आव २०७३/0७४ मा सरकारलाई ४७ अर्ब राजस्व बुझाएको थियो भने गत आवमा ५५ अर्ब । यसअघि २०७२र७३ मा २३ अर्ब ५४ करोड र आव २०७१र७२ मा २६ अर्ब ६६ करोड रुपैयाँ राजस्व बुझाएको तथ्यांक छ ।
इन्धन आयात र करको परिमाणबीच तुलना गर्दा नेपालमा यस क्षेत्रमा ३० प्रतिशतभन्दा बढी कर लगाइएको देखिन्छ । गत वर्ष १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको २६ लाख ६१ हजार ९ सय ८५ किलोलिटर इन्धन आयात गरेको रेकर्ड छ । जसमा मूल्य अभिवृद्धि कर (भ्याट) वापत २३ अर्ब रुपैयाँ र आयकर मार्फत २ अर्ब २९ करोड रुपैयाँ बुझाएको छ । सडकमर्मत दस्तुरवापत ५ अर्ब १० करोड ५६ लाख ७ हजार रुपैयाँ संकलन गरेको छ ।

साथै निगमले वातावरण प्रदूषण शुल्क वापत १ अर्ब ३२ करोड सय ९७ रुपैयाँ संकलन गरेको जनाएको छ । यस्तै १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको पूर्वाधार विकासका लागि ११ अर्ब ३१ करोड ४३ लाख २० हजार रुपैयाँ संकलन गरेको निगमले जानकारी दिएको छ ।

उपभोक्ताले विभिन्न शीर्षकमार्फत शुल्क तिर्नुपर्ने हुँदा इन्धन महंगो पर्ने गर्छ । यसरी इन्धनमा चर्को कर संकलन गरेर राज्यलाई राजस्व वृद्धिमा सफलता मिले पनि यसले जनताको दैनिकी भने असहज बनाएको छ । निगमले उपभोक्ताबाट इन्धन खरिद गर्दा प्रदूषण शुल्कतर्फ पेट्रोलमा प्रतिलिटर ५० पैसा र डिजेलमा प्रतिलिटर ५० पैसाका दरले कर संकलन गर्दै आएको छ ।

यस्तै पूर्वाधार कर (बूढीगण्डकी) तर्फ प्रतिलिटर पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक) र हवाई इन्धन (अन्तर्रा्िष्ट्रय) शीर्षकमा ५/५ रुपैयाँका दरले उपभोक्ताले कर बुझाउँछन् । सडक मर्मतसम्भार करतर्फ भने उपभोक्ताले प्रतिलिटर पेट्रोलको खरिदमा ४ रुपैयाँ र डिजेलमा २ रुपैयाँ करबापत सरकारलाई अतिरिक्त कर बुझाउँछन् ।

नेपाल विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । थप आम्दानी गुमाएपछि कम्पनीले नाफा बढाउन सकेको छैन् । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।

यो वर्षदेखि विद्युत खरिद सम्झौता (पीपीए) भन्दा बढीको बिजुली नकिनेपछि सो रकम गुमाएको चिलिमेका प्रवन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । पीपीएमा बढी उत्पादन भएको बिजुली किन्नु पर्ने व्यवस्था नभएपछि प्राधिकरणले खरिद गर्दै आएको श्रेष्ठको भनाई छ । प्राधिकरणले गत वर्षदेखि बढी भएको बिजुली किन्न छाडेको उनले जानकारी दिए । प्राधिकरणले पीपीएको आधि मूल्यमा बढी भएको बिजुली किन्दै आएको थियो । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ ।

“खै के कारणले हो, यो वर्षदेखि चिमिलेको बढी उत्पादन भएको बिजुली प्राधिकरणले किनेन” उनले भने “बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले ५० देखि ७० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।” पीपीएमा बढी भएको बिजुली किन्नु पर्ने प्रावधान नभएपनि विगतका वर्षमा बढी उत्पादन भएको बिजुली खरिद गर्दै आएको उनको भनाई छ । प्राधिकरणले थप बिजुली नकिन्दा आम्दानीमा कमी आएको छ ।

गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले बढी भएको बिजुली नकिन्दा र बिक्रीबाट हुने आम्दानी ४.८८ प्रतिशत घटेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो ।

नेपाल आयल निगमले भौतिक संरचना सुधार र विश्वबजारमा पाइने तेलको गुणस्तरसँग प्रतिस्पर्धा गर्नको लागि भन्दै इन्धनमा विकास पूर्वाधार कर लिँदै आएको छ।
कर्मचारीलाई प्रमोसन गर्न, बोनस खान र निगम धनी हुनका लागि नभई निगम सुधारका लागि कर लिइएको निर्देशक तथा प्रवक्ता भानु खनालको भनाई छ।  इन्धनमा लिइँदै आएको विकास पूर्वाधार कर कुनै नयाँ कर नभएको र लामो समयसम्म सरकार तथा विभिन्न क्षेत्रको ऋण तिर्न खर्च भएको उनले बताए

Related posts

Leave a Comment