दुर्गा प्रसाई र कानुनमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजीको आपत्ति

व्यवसायी दुर्गा प्रसाईं र कानुनमन्त्री शेर बहादुर तामाङले बङलादेश पढ्न जाने छात्राका विषयमा दिएका अभिव्यक्ति आपत्तिजनक भएको नारायनकाजी श्रेष्ठले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका श्रेष्ठले बाँगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरूका बारेमा गरेको सार्वजनिक टिप्पणी अत्यन्त आपत्तिजनक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार सार्वजनिक गर्दे उनले भनेका छन्,य सको भर्त्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु। साथै उनले कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुःखद भएकोले सरकारको गम्भीर ध्यान आकर्षण समेत गराएका छन् ।

Related posts

Leave a Comment