फुटपाथ व्यापारीको कब्जामा, सडकमा हिड्न बाध्य पैदल यात्रु(भिडियोसहित)

बिमल खडका, टिभी अन्नपूर्ण काठमाडौं ।
काठमाडौ उसै पनि अस्तव्यस्त सहर । आफ्नै शैलीका घर, साँघुरा र कच्ची सडक अनि धूलो मैलो र फोहोर नै काठमाडौंको परिचय हो की जस्तो लाग्छ । यही अस्तव्यस्त महानगरपालिका मुख्य ठाँउहरुलाई व्यापार गर्नेहरुले आफ्नो अखडा नै बनाएका छन् ।
नयाँ बसपार्क रत्नपार्क सुन्धारा , कलंकी तथा अन्य ठाँउमा सडक नै अस्तव्यस्त पारेर व्यापार गर्नेहरु प्रशस्तै छन् । पैदलयात्रु हिड्नका लागि निर्माण गरिएको सडक पेटिमा साँझ र बिहानको समयमा गरिने फुटपाथ व्यापारका कारण सँधै जसो भीडभाड र अस्तव्यस्त हुने गरेको छ । महानगरपालिकाले यसरी फुटपाथमा अस्तव्यस्त गरेर सामान बेच्दा व्यापारीका सामान कहिलेकाँही जफत नगर्ने होइन । तर, परिवारको गुजाराका लागि यही सडकमा केही आर्जन गर्न खोज्नेहरु सडकभन्दा अर्कोतिर जान सक्दैनन् । सामान जफत भए पनि उनीहरुको अर्को दिनको व्यापारको थलो यिनै साँघुरो सडक छेउ नै हुन्छन् ।

कानुनतः यसरी सडक पेटीमा व्यापार गर्न नपाइने भएपनि प्रशासनको आँखा छलेर केही व्यापारीहरुले मनलाग्दी व्यापार गर्दै आइरहेका छन् । राजधानीका मुख्य सडकका आसपासका पेटी नै अस्तव्यस्त पारी कतै ठेला, साइकल त कतै भुइमै पसल थापेर सामान बेच्नेहरु दिउसो ३ बजेदेखि राती ९ बजेसम्मै काठमाडौंका चोकचोकमा भेटिन्छन् । उसै पनि साँघुरो सडकको साँघुरो फुटपाथ यिनै फुटपाथ पनि व्यापारीहरुले कब्जा गरेपछि सर्वसाधारणहरु सडकबाट हिँड्न बाध्य छन् । यसरी फुटपाथ छोडी सडकबाट हिड्नुपर्दा सर्वसाधारणहरुलाई बस, मोटरसाइकलले ठक्कटर दिएर घाइते बनाएको प्रशस्तै उदाहरण पनि छन् ।

सडकका आसपास व्यपार गर्नेहरुलाई हटाउन बारम्बार महानगरपालिकाले प्रयास गरेको छ। तर, प्रयास सफल हुन सकेको छैन । सडकको आम्दानीबाटै परिवारको गुजारा चलाउँनेहरुलाई व्यापारको लागि महानगरपालिकाले अर्को वैकल्पिक ठाउँको व्यवस्था गर्न नसक्दा उनीहरुले सडक छोड्न सकेका छैनन् ।
गएको बैशाखमा महानगरपालिकाले २ महिनामै काठमाडौँका कुनै पनि ठाँउका सडक पेटीमा फुटफाथ सामान नहुने गरी काम गर्ने उद्घोष गरेको थियो । तर, अझैसम्म पनि यो निर्णयमा खासै कार्यान्वयन हुन सकेको छैन ।
महानगरपालिकाले आफूहरुलाई भरपर्दो ठाउँ नदिएको भन्दै बरु उल्टै व्यापारीहरुले सरकारले आफुहरुको रोजीरोटी खोसीदिए आरोप लगाएका छन् । सरकारले कि सही ठाँउमा आफुहरुलाई व्यवस्थापन गर्नुपर्ने नभए सडकबाट नहट्ने बताउँछन् उनीहरु ।

सरकारले सामान जति जफत गरिदिएपनि पेटका लागि आफुहरुले फुटपाथमै व्यापार चलाईरहनुपरेको बाध्यात्मक परिस्थिति उनीहरु सुनाउँछन् ।
सार्वजनिक जग्गामा व्यापार गरिरहेका व्यापारीहरुले महानगरपालिकालाई कुनै पनि राजश्व नतिरी व्यापार गरिरहेका छन् । यसरी सडकमै लामो लाम लागेर व्यापार गरिरहेका व्यापारीहरुप्रति महानगर कडा बन्दै गएपनि व्यापारीहरु आँखा छल्दै व्यापार गरिरहेका छन् ।
व्यापारीहरुले सडकमा पसल थापेर बस्नु आफुहरुको रहर नभई बाध्यता भएकाले फुटपाथको व्यापारले नै आफ्नो परिवारको बाच्ने आधार भएको माधव प्रसाद भट्टराईले बताउँछन् । ३१ वर्ष देखि सामान बेचिरहेछु महानगरले अहिले सम्म ३१ पटक सामान जफत गरेको उनको दुखेसो छ ।

कि व्यापार गर्ने ठाँउ देखाउन प¥यो होइन भने हामीमाथि अत्याचार किन भन्दै आक्रोस पोखेका छन् । यता महानगरपालिकाले पुटफाथमा सामान बेच्नेहरुको सामान जफत गरेर नफकाउने भन्दै आएपनि सडकमा दिउँसोको समयमा व्यपार गर्न छाडिएको छैन । सकडको व्यापार गएको एकमहिनामा धेरै मात्रमा कम भएको र अहिले केहि केहि ठाउँ बाहेक अन्य ठाउँमा सञ्चालन भएका सामानहरु ज्फत गरिसेकोले त्यो कार्य पहिलेको भन्दा कम भएको दावी महानगरपालिका प्रहरी प्रमुख बिष्णु पसाद जैशीको छ । सार्वजनिक जग्गा मिचेर व्यापारीहरुले व्यापार गर्ने नाममा पैदल यात्रुको अधिकार कुन्ठित गरेका छन् ।

तर, उनीहरुलाई सडकको विकल्प नहुँदासम्म सडकबाटै सर्वसाधारण हिड्न बाध्य छन् । नियमविपरित दिउसोको समयमा व्यापार गर्न ४ सय व्यापारीका सामान जफत गरेको छौँ भन्दै उनी भन्छन्, ‘अब कार्यापालिकाको निर्णयपछि लिलामीमा बिक्रि हुने अब महानगरले यस्ता कार्य गर्नेलाई कारवाही गरेरै छाड्छ ।
पैदल यात्रुका लागि निर्माण गरिएको फुटपाथमा व्यपारीहरुले व्यवसाय गरेपछि पैदल यात्रु भने सडबाट हिड्न बाध्य छन् । जसका कारण बेलाबेलामा दुर्घटना समेत हुने गरेको पाइन्छ । काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसाय हटाउने घोषणा पटकपटक गरेपनि उक्त प्रयास सफल हुन सकेको छैन । सडकको यो अप्ठ्यारोलाई हटाउँनका लागि महानगरपालिकाले व्यापार गर्नेहरुलाई निश्चित ठाउँ तोकिदिनुपर्छ । तबमात्र सडक, चोक सफा हुँदै जान्छन् । यिनीहरुमा सौन्दर्य भरिंदै जान्छ ।

भिडियो

सम्बन्धित समाचार

सार्वजनिक जग्गामा भाडा असुल्दै बीजी मल, यस्तो छ वास्तविकता

बीजी मलले अतिक्रमण गरेको जग्गा भत्काउन महानगरले चासो देखायो

सार्वजनिक जग्गामा भाडा असुलेको भन्दै बीजी मललाई तत्काल हटाउन निर्देशन (भिडियो सहित)

अव्यवस्थित फुटपाथ व्यवसायले ट्राफिक व्यवस्थापन समस्या

सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

फुटपाथनै नभएपछि कहाँबाट हिँड्ने पैदलयात्री

फुटपाथमा साँझ ब्यापार गर्ने नदिने निर्णय, जफत सामान लिलामी

 

Related posts

Leave a Comment