बुधवार थपिए २ हजार ३५१ जना कोरोना संक्रमित, २८७ जना निको

काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जना थपिए

नेपालमा बुधबार थप दुई हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको आठ हजार ८४४ नमूनाको पिसिआर परीक्षणमा २ हजार २ सय २० जना र ८०३ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकाका भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना रहेका छन् ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हालसम्म दुई लाख ७६ हजार ९३ संक्रमित निको भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार