अख्तियारलाई सर्वोच्चको आदेश: पैसा दिएर ‘स्टिङ अपरेसन’ नगर्नु

अदालतको आदेशले आरोपितलाई सफाई पाउन सजिलो

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलार्ई स्टिङ अपरेसन नगर्न भनेको छ । बुधबार अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेसनविरुद्द दिएको रिटमा निवेदनमा सर्वोच्च अदालतले माग बमोजिम आदेश दिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पैसा दिएर गरिने त्यस्तो अप्रेसनलाई अवैधानिक ठहर गरेको हो । अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन गर्दै आएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।

नियमावलीको उक्त व्यवस्था व्यवस्था नेपालको संविधानको धारा २० (९) मा रहेको स्वच्छ सुनुवाइसम्बन्धी प्रावधान तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ मा को भावना र मर्म अनुकुल नदेखिएको सर्वोच्चले ठहर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार