कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव

नेपाली कांग्रेसले पार्टीको निर्वाचन समितिमा राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादवलाई संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । धनुषा निवासी यादव पूर्व महान्याधिवक्ता समेत हुन् । समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको हो । पार्टीका संरचना समायोजनको कामलाई लिएर नेताहरुले विवाद झिकेपछि त्यसैमा असन्तुष्टि जनाउँदै अधिकारीले राजीनामा दिएका हुन् ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने भनिए पनि नभएको महतले बताए । कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार