हेटौँडामा कागजको ग्लास उद्योग सञ्चालनमा

मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्याधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताए ।

उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ । केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ ।

घरेलु उद्योगअन्तर्गत हेटौँडा – ५ स्थित आफ्नैै घरमा सञ्चालक न्यौपानेले उद्योग स्थापना गरेको बताइएको छ । हेटौँडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ । परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार