न्यायाधीश चुडाल र सुवेदीले लिए शपथ

सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ लिएका छन् ।सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएको छ ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई संघीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सोमबार न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

दुई न्यायाधीशलाई सर्वोच्चमै सपथ गराएसँगै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा परिवर्तन गरेका छन् । राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार