शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने छ ।
एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुँदैछ । एसईई सकिएपछि नयाँ सत्र सुरु हुन्छ ।