एमसीसीविरुद्ध हस्ताक्षर संकलन गरेर सरकारलाई पठाइयो

खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकार समक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो ।

दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेलबजारमा नो एमसीसी, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी फिर्ता रगलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।

पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान संगमपार्क, रत्नपार्क, किरातचोक लगायतका क्षेत्रमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा संलग्न टंक थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार