नेपालबाट जाने यात्रुलाई हङकङ प्रवेशमा रोक

काठमाडौं । हङकङले नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको छ । नेपालबाट जाने यात्रुमा कोरोना भाइरस को संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ ।

हङकङले पछिल्लो समय २९ माघदेखि नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको हो । नेपाल एयरलाइन्सबाट टिकट लिइसकेका यात्रुले टिकटको मिति सार्न सक्नेछन् । हङकङले काठमाडौंबाट जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार